२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आज २०८१ साल मंसिर ३० गते आइतबारको राशिफल

आइतवार , मंसिर ३०, २०८१

मेष : दिन सामान्य राम्रो छ। स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्। अचानक धन खर्च हुनसक्छ। अर्काको कुरा सुनेर मनलाई चञ्चल बनाएमा घाटा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

वृष : बोल्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ। शिक्षामा गरेको प्रयासलाई निरन्तरता दिनुपर्नेछ। धैर्य बन्नसके शिक्षामा सफलता मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा लगानी गर्न मन लाग्नेछ। परिवारलाई ठुलो विश्वास गर्दा धोका हुने जोखिम छ।

मिथुन : सञ्चित धनको खर्च हुने दिन छ। स्वास्थ्यको ख्याल नगर्नाले जोखिम बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। समाजले तपाईंलाई असहयोग गर्ने र परिवारले शंका गर्ने वातावरण बन्नेछ।

कर्कट : टाउको दुख्ने समस्या बढ्नसक्छ। शान्त बनेर अगाडि बढ्नु राम्रो हुनेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा विदेशमा भन्दा स्वदेशमा अवसर मिल्ने योग छ। राजनीतिक क्षेत्रमा संकट आइपर्ने देखिन्छ।

सिंह : दिन सामान्य राम्रो छ। विपक्षी शक्तिशाली भएकाले झुकेर अगाडि बढ्दा फाइदा हुनेछ। परिवारको कुरा बढी सुन्दा घाटा लाग्नेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

कन्या : दिन राम्रो छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा प्रशन्नता बढ्नेछ। साथीभाइ दाहिना भएकाले काम बन्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। चिसोबाट हुने रोगबाट जोगिनुपर्नेछ।

तुला : मनमा खटपटी बढ्नसक्छ। स्वास्थ्यले साथ नदिनाले मन दुःखी हुनेछ। विपक्षी समूहले साथ दिए पनि तपाईंले विश्वास गरेका पात्रले असहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास बढी गर्दा धोका हुने जोखिम छ। ठुला व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

धनु : दिन सामान्य छ। महत्त्वपूर्ण काम नहुने जोखिम छ। साथीभाइको विश्वास गर्नाले विश्वास टुट्ने जोखिम छ। बौद्धिक क्षेत्रलाई प्रयोगमा ल्याउनुपर्नेछ। परिवारका सदस्यले साथ र सहयोग गर्नेछन्।

मकर : शिक्षाको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रको जोस र जाँगरले सार्थकता पाउने छ। बोलीमा ठेगान नहुने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध भए अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भ : साना कुराले मनमा खटपटी बढ्नेछ। जन्मकुण्डलीमा शनिदेव ३, ६ र ११ औं स्थानमा भए राम्रो काम बन्नेछ। साथीभाइको साथमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारले साथ दिने हुनाले संकट टर्नेछ।

मीन : दिदीबहिनी र दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। पढाइमा ढुलासुस्ती बढ्नेछ। शिक्षामा गरेको प्रयासमा अझ मेहनत आवश्यक देखिन्छ। बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट