logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • आज देशभरको मौसम सफा रहने

    आज देशभरको मौसम सफा रहने

    168
    Shares
    आज देशभरको मौसम सफा रहने

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ ।

    बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

    यसैबीच, काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो यहाँको तामक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ ।

    आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज यहाँ सूर्योदय ६ः४७ तथा सूर्यास्त ५ः११ मा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend