२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

कृषि उद्यमी शर्मा : कुखुरा पालेर मासिक १ लाख ५० हजार बचत गर्छन्

आइतवार , मंसिर ३०, २०८१

बागलुङ । उनी हुन् ओमराज शर्मा । बागलुङ नगरपालिका–७ कालिमाटीमा कृषि उद्यमीले परिचित शार्माले छुट्टै परिचय स्थापित गर्न सफल छन् ।

ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिरहेका उनले कुखुरा पालनबाट राम्रो आम्दानी गरिरहेका छन् । पाँच हजार कुखुरा पालेर यहाँ उनले मासिक एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्न सफल भएका छन् ।

ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्कका शर्मा कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउँछन् ।

“तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भने । एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक एक लाख ५० हजार रुपैयाँ बचत हुने गरेको उद्यमी शर्माले बताए ।

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनले बताए।

किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए। कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ । त्यसैले अब उनी व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजनामा समेत रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट