काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गर्दै महत्वपूर्ण जित निकालेको छ । विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गरेको हो ।
काठमाडौंका प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रन बनाए ।
त्यस्तै, बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुई–दुई विकेट लिए ।
विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको थियो । विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनायो ।
विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए । दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए ।
काठमाडौंका जेरार्ड एरास्मसले विकेट लिए । दीपेश कंडेलले २, करण केसी, शाहव आलम र डान सौथवैटले एकएक विकेट लिए ।
विराटनगर किंगसमाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमाडाैं गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । लिगको अन्तिम खेल जितेपछि काठमाडाैंले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस