२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुदूरपश्चिमसँग जितका लागि पोखराले पायो १५४ रनको लक्ष्य

आइतवार , मंसिर ३०, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जितका लागि पोखरा एभेन्जर्सले १५४ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो ।

सुदूरपश्चिमका आरिफ शेख ४२ रनमा अविजित रहे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

ब्राण्डन म्याकमुलेनले ३४ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन जोडे । ईशान पाण्डेले १० रन बनाए ।

पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए । माइकल लिस्क, रेमोन रिफर र सागर ढकालले समान एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट