२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आज २०८१ साल पुस १ गते सोमबारको राशिफल

सोमवार , पौष १, २०८१

मेष : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा आलस्यले समय लिनेछ। गफगाफमा दिन बित्नेछ। सञ्चित धनको खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा गरेको काममा राहत मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृष : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। साथीभाइले सहयोग गर्नेछन्। राज्यका अंगमा काम गर्ने अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्न नजान्दा खटपटी बढ्नेछ। चिसोबाट बचेर काम गर्नुपर्ने दिन छ।

कर्कट : दिन सामान्य राम्रो छ। विदेशी साथीको साथ र सहयोग मिल्नेछ। विदेशी लगानी भए फाइदा हुनेछ। विपक्षीसँग सचेत भएर काम गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

सिंह : दिन राम्रो छ। आर्जन भएको सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास केही समय कुर्नुपर्नेछ। रोगबाट मुक्त हुने दिन छ। साथीभाइ दाहिना भएकाले आफ्नो काम गर्न सहज हुनेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। पढ्न जोस र जाँगर बढ्नेछ। अरुलाई लडाएर आफू रमाइलो गर्ने समय आएको छ। परिवारमा भने शंकाको घेरामा पर्ने भएकाले सचेत बन्नुपर्ने समय छ।

तुला : दिन राम्रो छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। आफूभन्दा बौद्धिक साथीसँग परामर्श गर्दा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

वृश्चिक : सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ। साथीसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा खर्च बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। थोरै धनले महत्त्वपपूर्ण काम बन्नेछ। व्यापारमा लगानी गर्नुपर्ने समय छ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ हुनेछ। विपक्षीले असहयोग गर्ने हुँदा सचेत बन्नुपर्नेछ। परिवारसाँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर : बौद्धिक क्षमता प्रदर्शन गर्ने दिन छ। कर्मशील साथीसँग भेट हुनेछ। साथीसँगको भेटले महत्त्वपूर्ण काम अगाडि बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिमे छ।

कुम्भ : मध्यसाढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। शिक्षामा मन जानेछ। धार्मिक कार्यक्रममा सहभागी हुनाले सोचेका काम बन्नेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ।

मीन : स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा अल्छीपनले समस्या हुनेछ। निर्णय क्षमता कमजोर हुँदा पश्चाताप हुनेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट