सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पाचौं नेपाल प्रिन्टप्याक र प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि काठमाडौंमा

पाचौं नेपाल प्रिन्टप्याक र प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि काठमाडौंमा

काठमाडौँ । पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा लि को आयोजना पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पाचौं नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनले अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर व्यापार साझेदारी, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने विश्वास लिएको बताउनु भयो । उक्त प्रर्दशनीमा देशभरबाट धेरै उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरुको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने उद्देश्य राखिएको बताए ।

प्रदर्शनीमार्फत विभिन्न विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह—आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेको कार्यकारी निर्देशक भट्टराईले बताए ।

प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पाटर्स, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend