२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डा. भोला प्रसाद रिजाललाई ॐ हस्पिटलको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मान

मंगलवार , पौष २, २०८१

काठमाडौं । नेपालका अग्रणी स्त्री तथा प्रसुती रोग विशेष डा. भोला प्रसाद रिजाललाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सम्मानित गरेको छ ।

अस्पतालको २८ औँ वार्षिक साधारण सभाको अवसरमा उनलाई शनिबार ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको “संस्थापक तथा संरक्षक” विशेष सम्मानबाट सम्मानित गरेको हो ।

डा. रिजाललाई काठमाडौंको धुम्बाराहीस्थित होटल रामादा–अकामामा आयोजित विशेष समारोहमा अस्पतालका संचालकहरु, शेयरधनीहरु तथा उच्च ब्यबस्थापनका माझ ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले माला तथा दोसल्ला पहिर्याएर कदरपत्र हस्तान्तरण गरी सम्मानित गरेका थिए ।

अस्पतालका मेडिकल डाईरेक्टर डा. हरिश जोशीले सम्मान पत्र वाचन गरेका थिए भने अस्पतालका संचालकहरु र प्रमुख कार्यकारी अधिकृतले माला तथा खादा पहिर्याएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सम्मान ग्रहण गरिसकेपछि सभालाई सम्बोधन गर्दै डा. भोला प्रसाद रिजालले ॐ अस्पताल संचालक समिति, शेयरधनीहरु र अस्पताल ब्यबस्थापनलाई धन्यवाद आभार व्यक्त गरेका थिए ।

अस्पतालको परिकल्पना, शुरुवाति दिनका संधर्ष र यादहरु स्मरण गर्दै उनले आजको ॐ हस्पिटल देशले गर्व गर्न लायकको नीजि क्षेत्रको स्वास्थ्य सेवा प्रदायक बनाउन अहोरात्र लागि परेका सबैलाई धन्यवाद दिएका थिए ।

ॐ हस्पिटल आफुले जन्माएको सन्तान सरह लाग्ने भएकाले आफुलाई अत्यन्त प्यारो लाग्ने गरेको र यसका हरेक सुख दुखमा आफु जानकार रहेको भन्दै डा. रिजालले यसको हितमा सधै साथ रहेको र भबिष्यमा पनि रहिरहने जिकीर गरे ।

ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले सभालाई सम्बोधन गर्दै नेपाली कला, साहित्य , संगीत, चलचित्र, समाज सेवा र सनातन धर्मको सेवामा प्रेरणादायी रुपमा सक्रिय डा. रिजाललाई सम्मानित गर्न पाएर आफू र ॐ अस्पताल परिवार पनि सम्मानित भएको अनुभुती गरिरहेको र सदैव उनको आदर्शलाई निरन्तरता दिने प्रण गरे ।

बि.स. २०४६ सालको ऐतिहासिक जनआन्दोलनसँगै नेपालको स्वास्थ्य क्षेत्रमा नीजि क्षेत्रबाट उहाँको कुशल नेतत्वमा स्थापना भएको तत्कालीन ॐ नर्सिङ्ग होमपछि २०५२ सालदेखि ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा रुपान्तरीत भई विगत ३५ वर्षदेखि गुणस्तरीय, आधुनिक र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

उनले नेपालमा आधुनिक चिकित्सा क्षेत्रको स्त्तरबृद्धि गर्ने एवं नयाँ पुस्ताका चिकित्सकहरुलाई प्रेरणा तथा मार्गदर्शन दिनुकासाथै हजारौं महिलाको जीवन रक्षा गरेका छन् भने नेपालमा नै पहिलो पटक ॐ अस्पतालमा आइ.भि.एफ. सेन्टरको स्थापना गरी हजारौं निःसन्तान दम्पतीहरुलाई वात्सल्य सुख प्रदान गरेका छन् । साथै ॐ हेल्थ फाउन्डेशन मार्फत नेपालका दुर्गम तथा अति बिकट क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याएर अस्पतालको सामाजिक उत्तरदायित्वको आदर्शसमेत स्थापित गरेका छन् ।

डा. भोला प्रसाद रिजालको निष्ठा, समर्पण र योगदानलाई निरन्तर स्मरण गर्नुकासाथै सधैं ॐ अस्पताल र देशको स्वास्थ्य सेवा प्रणालीलाई अझ सशक्त बनाउन उनको प्रेरणादायी भूमिकाको अपेक्षा सधैं रहिरहने अस्पताल जनाएको छ।

स्मरणीय छ, २०४६ सालमा नीजि लगानीमा स्थापित नर्सिङहोम उनीसहित अन्य केही उत्साही चिकित्सक तथा ब्यबस्थापकीय टोलीको कुशल नेतृत्व र चुस्त ब्यबस्थापनको कारणले गर्दा हाल १७५ शैय्याको ३६ वटाभन्दा बढी विशेषज्ञता सेवासहितको अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको रुपमा सगौरव सेवारत रहेको छ ।

डा. रिजाल र उनको परिवारको समेत ॐ अस्पतालमा मेजर शेयर होल्डिङ्ग यथावत रहेको र श्रीमती सरला रिजाल अस्पतालको संचालक समितिको संचालक समेत रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट