
चैनपुर । बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ म्याग्निच्यूडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।
केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।
भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend