२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आइएमई पे प्रतिष्ठित ‘डिजिटल सर्भिसेज आइसिटि पुरस्कार २०२४’ बाट सम्मानित

आइतवार , पौष ७, २०८१

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" आइसिटि अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ। पुष ५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको आइसिटि अवार्ड कार्यक्रममा "आइएमई पे" डिजिटल सर्भिसेज आइसिटि अवार्ड २०२४ बाट सम्मानित भएको हो ।

आइसिटि अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्दछ।

आफ्नो नवीन र प्रयोगकर्ता-मैत्री प्लेटफर्म मार्फत आइएमई पेले डिजिटल भुक्तानी लगायतका विभिन्न बित्तिय सेवाहरु प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको छ। यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्वपूर्ण योगदानलाई सम्मान गरेको छ ।

"डिजिटल सर्भिसेज आइसिटि अवार्ड २०२४ बाट सम्मानित हुन पाउदा हामी निकै गौरवान्वित भएको छौँ । यो पुरस्कार आइएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको परिश्रम , समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो,” आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आइएमई पेको स्थानलाई अझ बलियो बनाउने आइएमई पेले जनाएको छ । आइएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देश भरका व्यक्ति र व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

आइएमई पे को बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट