logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • दराजद्वारा नयाँ वर्षको स्वागतार्थ १.१ न्यू इयर मेगा सेलको आयोजना, के छन् सुविधा ?

    दराजद्वारा नयाँ वर्षको स्वागतार्थ १.१ न्यू इयर मेगा सेलको आयोजना, के छन् सुविधा ?

    441
    Shares
    दराजद्वारा नयाँ वर्षको स्वागतार्थ १.१ न्यू इयर मेगा सेलको आयोजना, के छन् सुविधा ?

    काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगा सेल, १० पौष २०८१ देखि २१ पौष २०८१ सम्म चल्ने जानकारी दिइएको छ ।

    यस मेगा सेल मार्फत नयाँ बर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७०% सम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू, र रु. २ करोड बराबरको भाउचरहरू समेत उपलब्ध गराउने बताएको छ ।

    दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा रु ४,००० सम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।

    गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

    मेगा सेल, केवल छुटहरूमा मात्र सिमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६०% सम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु. ६९९, रु. ९९९, र रु. १,९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन् ।

    दराजले आफ्ना सम्मानित ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् :

    • ११ पौष (बिहीवार) : एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १०% छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५% छुट (रु. ७५० सम्म) को लाभ उठाउन सक्नेछन् ।
    • १२ पौष (शुक्रवार) : एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १०% छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।
    • १३ पौष (शनिवार) : हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १०% छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५% छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

    वर्षको अन्त्यमा सबैका लागि केहि न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोध पनि गरेको छ ।

    दराज १.१ न्यू इयर मेगा सेलबारे थप जानकारीका लागि दराज नेपालको फेसबुक पेज वा दराज एप ब्राउज गर्न सकिनेछ ।

    दराज ग्रुपका बारेमा :

    सन् २०१५ मा स्थापित दराज, दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा प्रदान गर्दछ । कम्पनीले ५० करोड जनसंख्या भएको तीव्र रूपमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै अत्याधुनिक बजार प्रविधि उपलब्ध गराउँदै आइरहेको छ ।

    ई–कमर्स, लजिस्टिक्स, भुक्तानी र वित्तीय सेवाहरूको एकीकृत पूर्वाधार निर्माण गरेर, दराजले विशिस्त व्यक्तिगत किनमेल अनुभव प्रदान गर्न र दक्षिण एशियाली समुदायहरूको आर्थिक विकासमा सहयोग पर्याउने लक्ष्य राखेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend