logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • सदस्यमुखी सेवामा समर्पित हुँदै मुगुको छायानाथ सहकारी

    सदस्यमुखी सेवामा समर्पित हुँदै मुगुको छायानाथ सहकारी

    364
    Shares
    सदस्यमुखी सेवामा समर्पित हुँदै मुगुको छायानाथ सहकारी

    मुगु । जिल्लामा रहेको छाँयानाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छोटो समयमा जिल्लामै नमुनायोग्य काम गर्दै आएको पाईएको छ । २०७१ मंसिर १ गते बिधिवत रुपमा खोलिएको यस संस्थाले ४१ जना सेयर सदस्यबाट १२ लाख शेयर पुँजी जम्मा गरी दुई जना कर्मचारी राखेर कार्यालय संञ्चालन गरेको हो ।

    करिब १० बर्ष पुग्दै गर्दा हाल यस संस्थामा ३३ जना कर्मचारी छन् भने २ वटा सेवा केन्द्र, १ वटा केन्द्रीय कार्यालय खोली सदस्यमुखी सेवा दिइरहेको छाँयानाथ सहकारीका अध्यक्ष भुपेन्द्र मल्लले जानकारी गराए ।

    उनका अनुसार हिजो ४१ जना शेयर सदस्यबाट सुरु गरिएको यस संस्थामा आजसम्म आइपुग्दा ११ हजार दुईसय ३५ जना शेयर सदस्य पुगेका छ्न् । लघुबित्तमा आबद्ध सदस्य संख्या ८ हजार १२०, लघुबित्त केन्द्र ३८६ वटा र लघुबित्त समुह एक हजार पाँच ५४४ पुगेका छ्न् ।

    हाल सहकारीको कुल सम्पत्ति २५ करोड तेह्र लाख ५७ हजार , सेयर पुँजी २६ करोड चार लाख ८४ हजार छ, बचत संकलन १९ करोड चार हजार, लगानीमा रहेको ऋण १७ करोड २० लाख छ हजार रहेको छ । जगेडा कोषमा २८ लाख २९ हजार, अन्य कोषमा ८२ लाख ४५ हजार छ भने संस्थाको अशुली दर ९९ प्रतिशत रहेको छ ।

    No description available.

    आउने २०८८ सम्म संस्थाले हालको भन्दा दोब्बर सदस्य पुर्याउने लक्ष्य लिएको र जम्मा पुँजी ४५ करोड बनाउने पनि अध्यक्ष मल्लले योजना सुनाए ।

    जिल्लामा आज चार सय १० सहकारी दर्तामा भए पनि के कसरी चलेका छ्न् कुनै व्यक्ति निकायलाई जानकारी छैन । तर छाँयानाथ सहकारी भने चार–पाँच सयदेखि हजारसम्म सदस्यको बीचमा हरेक वर्ष वार्षिक साधारण सभा गर्ने जिल्लामै एक नमुना सहकारीको रुपमा चिनिदै आएको छ ।

    सहकारीले मंगलबार मात्रै करिब ३०० बढी सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्तिथिमा एक कार्यक्रम बीच आफ्नो १० औँ साधारण सभा सम्पन्न गरेको थियो ।

    कार्यक्रममा उत्कृष्ट लघुबित्तका ७ सदस्यलाई नगदसहित सम्मान गरिएको थियो । यतिमात्र होइन आर्थिक वर्ष ०८०–०८१ मा प्रसुती सेवा सात सयका दरले ४१ जना सदस्यलाई, छोराछोरी मृत्यु संस्कार सेवा तीन हजारका दरले ८ जनालाई, सदस्यको दम्पती मृत्यु संस्कार सेवामा छ हजारका दरले १२ जनालाई, सदस्यको मृत्यु संस्कार सेवा दश हजारका दरले ८ जनालाई र लघु बिमा सुविधा ७ जना सदस्यलाई यस संस्थाले रकम उपलब्ध गराएको बताइएको छ ।

    No description available.

    नियमित आम्दानीको लागि २५० कित्ता र ५०० कित्ता शेयर खरिद गर्दा मासिक २५० देखि ५०० सम्म आम्दानी गर्न सकिने छ । शेयर सदस्यका छोराछोरीलाई बोर्डिङको मासिक शुल्कमा २५ प्रतिशत सम्म छुट दिने, प्राण घातक रोग लाग्दा बिना ब्याज २ लाख सम्मको ऋण उपलब्ध गराइने, सदस्यलाई दुर्घटना र स्वास्थ्य बिमामा आबद्ध गराइने र संस्थाको एम्बुलेन्स सेवा लिए भाडामा ५० प्रतिशत छुट सुविधा उपलब्ध गराउने अध्यक्ष मल्लले बताए ।

    आगामी दिनमा सदस्यले उत्पादन गरेका वस्तुलाई बजारीकरणका लागि ५ वटा ग्रिनसप सुरु गर्ने, स्थानीय सरकारसँग सहकार्य गरी ग्रामीण क्षेत्रमा एउटा इको भिलेज बिकास गर्ने, स्थानीय युवाहरुको थप एकसय वटा थ्री जिरो क्लब गठन गरी उनीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय संञ्जालसँग जोड्ने, ग्रामीण भेगमा प्रत्येक लघुबित्त सदस्यलाई समुहमा एक हजार वटा बिरुवा लगाउने कार्यक्रम संञ्चालन गर्ने लगायतका दर्जनौँ लक्ष्य सहकारीले लिएको प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend