२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

राष्ट्र बैंकको एक्सन : ३ रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।

बैंकले नयाँ बानेश्वरमा रहेको नमस्ते रेमिट इन्टरनेशनल प्रालि, कमल पोखरीमा रहेको मोर्डन रेमिट्यान्स प्रालि र कान्तिपथमा रहेको भाटभटेनी मनि ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरेको एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरुको लाइसेन्स खारेज गरेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता र नियमनको पालना नभएकाले लाइसेन्स खारेज गरिएको बताइएको छ ।

कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ ।

यो अवधि भित्र कुनै दाबी नआएमा कम्पनीहरुको बैंक जमानत स्वतः फुकुवा हुने बताएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट