२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँ : उपपप्रमुख डंगोल

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उनले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताएकी हुन् । उनले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको बताइन् ।

उनले नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि महोत्सव महत्वपूर्ण हुने बताइन् ।

उनले भनिन्, ‘महोत्सवको एउटै उद्देश्य छ, त्यो भनेको यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको छ । सँगै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि पनि यो महोत्सव एकदमै महत्वपूर्ण छ । त्यसकारण पनि आजको यो महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न ठाउँ पाओस् ।

कुनै न कुनै हदमा यो व्यवसाय संघले आफ्नो व्यवसाय फस्टाउन महोत्सव गरिएको छ । त्यो विस्तृत रुपमा अघि बढोस् । नेपाली सामग्रीहरु, नेपालमै उत्पादन भएका सामग्रीहरु किनौँ, प्रोत्साहन गरौँ ।’

उनले महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न पाउने बताइन् । उनले नेपालमै उत्पादित सामग्रीहरु किन्न र प्रयोग गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट