
काठमाडौं । पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत नभएको बताएका छन् ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट—२०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बिआरआई परियोजना सम्बन्धि भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको बताए ।
उनले सम्झौता हुँदा उल्लेख भएका १० रेल्व, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायका परियोजनाहरु रहेको भन्दै पोखरा विमानस्थल नभएको बताए । उनले सरकारको बिआरआईका १० वटै आयोजनाहरु अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना रहेको बताए ।
उनले एमसिसि र बिआरआईको पक्षधर भएको भन्दै एमसिसिको कुरा गर्दा चीनलाई बीचमा नेपालले नल्याउने बताए । उनले बिआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नु नपर्ने उल्लेख गरे ।
उनले दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले सरकारले केही सहुलियत दिएर भएपनि दुवै विमानस्थललाई सञ्चालनमा ल्याउनुको विकल्प नभएको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend