logo

२०८१ पुष १४ आइतबार

logo
  • आइतबार, १४ पुष २०८१
  • जालपादेवी केबुलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्यो : परराष्ट्रमन्त्री राणा

    जालपादेवी केबुलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्यो : परराष्ट्रमन्त्री राणा

    469
    Shares
    जालपादेवी केबुलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्यो : परराष्ट्रमन्त्री राणा

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरुको सरकार बनेको बताएकी छन् ।

    कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबुलकारको शनिबार शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् । देउवाले लम्की चुहा नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबुलकारको शिलान्यास गरिन् ।

    उनले जालपादेवी केबुलकार निर्माणसँगै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गरिन् । उनले पिछडिएका क्षेत्रहरुको विकासका लागि सरकारले आवश्यक कानूनहरु परिमार्जन गर्ने र नयाँ निर्माण गर्ने काम गरिरहेको बताइन् । उनले राजनीतिले मात्रै पेट नभरिने भन्दै रोजगारी, आय आर्जन गर्ने वातावरण बन्नुपर्ने बताइन् ।

    उनले देश विकासका लागि बाधक बनेका कानूनहरु हटाउन र नयाँ कानून निर्माण गर्न एउटा संयन्त्र बनाइ काम गरिरहेको पनि बताइन् । केबुलकारको निर्माणसँगै सुदूरपश्चिममा लगानी, रोजगारीको वातावरण बन्ने उनले बताइन् ।

    उनले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भुमिका खेल्ने बताइन् ।

    परराष्ट्रमन्त्री राणाले प्रचुर सम्भावना हुँदाहुँदै पनि कानून बाधक बन्दा आवश्यकताअनुसार विकास हुन नसकेको बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend