२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुगुमा कोभिड खोप अपुग

आइतवार , पौष १४, २०८१

मुगु। मुगुमा कोभिड १९ विरुद्धको खोप अपुग भएको छ ।

खोप लगाउन स्थानीयहरुको उत्साजनक उपस्थिति भएपनि खोप अपुग भएपछि जिल्ला स्वास्थ्य कार्यालय मुगुले केन्द्र सरकारसँग थप खोप मागेको जनाएको छ ।

जिल्ला कोभिड १९ खोप अनुगमन तथा समन्वय समितिको निर्णय र राष्ट्रिय खोप केन्द्रको कार्यतालिका अनुसार जिल्ला अस्पताल मुगुमा कोभिड १९ विरुद्धको खोप दुई चरणमा लगाइएको थियो ।

पहिलो चरणमा मिति २०८१ कार्तिक २८ देखि ३० गते सम्म (मुगुम कार्मारोङ) र दोस्रो चरणमा २०८१ मंसिर १ देखि ३ गते सम्म छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

खोप अभियानमा स्थानीयहरुको उत्साहजना सहभागिता रहेको थियो । लक्षित समूहका १२ बर्ष भन्दा माथिका रोग प्रतिरोध क्षमता कम भएका बालबालिका, बयस्क, जेष्ठ नागरिक,स्वास्थ्य कर्मि, गर्भवति महिला, १२ बर्ष वा सो भन्दा माथिको उमेरकालाई कोभिड १९ को खोप प्रदान गरिएको थियो ।

सबै खोप केन्द्रमा सबैको पहुँच हुनेगरी प्रत्येक ब्यक्तिलाई कोभिड १९ खोप गुणस्तरीय, सुरक्षित र सर्बसुलभ खोप, सेवा प्रदान गर्ने योजना अनुरुप खोप अभियान सम्पन्न भएको स्वास्थ्य सेवा कार्यालय मुगुका खोप सुपरभाईजर निरीक्षक महेश बहादुर बुढाले जानकारी दिए ।

बुढाका अनुसार खोप अभियानमा समुदायका मानिसहरुको उत्साहजनक सहभागिता रहेको र खोपको अत्याधिक मागको कारण तथा खोपको सिमितताको कारणले कतिपय स्थानीय तहमा चिट्ठा हालेर खोप लगाइएको थियो ।

जिल्ला बाट २० हजार डोज माग भएकोमा जम्मा ११ हजार डोज मात्र खोप प्राप्त भएपछि माग अनुसार खोप लगाउन नपाइएको बताइएको छ ।

अपुगलाई यही आर्थिक बर्षमा खोप लगाउने गरी फेरि माग गरिएको र खोप आएसँगै अभियान सञ्चालन गर्ने तयारी कार्यालयको छ ।

मुगुम कार्मारोङ गाउँपालिकामा १२ सय,छायानाथ रारा नगरपालिकामा ४ हजार ८३९,खत्याड गाउपालिकामा ३ हजार ९२६ र सोरु गाउँपालिकामा ११ सय ३४ खोप लगाइएको हो ।

जिल्लामा अब थप ८ हजार देखी १० हजार खोप खपत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट