आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक : ऊर्जामन्त्री खड्का

इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक रहेको बताएका छन् ।

आईतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ गर्ने विद्यार्थीले स्थलगत रुपमा जलविद्युत आयोजनाको अध्ययन गर्दा थप प्रवभाकारी हुने बताए ।

उनले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई जलविद्युत आयोजनाहरुमा लगेर अध्ययन गराउन सकिने बताए । उनले जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको भन्दै त्यहीअनुसार जनशक्ति आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय जलविद्युत आयोजनामा मर्मतसम्भार गर्न जनशक्तिको अभाव देखिएको बताए । उनले मुलुकलाई आवश्यक जनशक्तिहरुका लागि मुलुकभित्रै अध्ययन अध्यापन गराउन सक्नुपर्ने बताए । उनले इन्जिनियर विद्यार्थीलाई स्थलगत रुपमा इन्टर्नसिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको बताए ।

उनले स्थलगत अध्ययन गर्दा क्याम्पसमा भन्दा बढी ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको छ । तर जनशक्ति कस्तो छ भन्दा जलविद्युत आयोजनामा ट्रमाइनहरु मर्मत गर्ने बेलामा जनशक्तिको असाध्यै अभाव देखियो । धेरै विद्यार्थीहरु क्याम्पसबाट निस्कँदा देश निर्माणमा लागेको जनशक्तिका रुपमा लिन्छौं ।

मुलुकलाई आवश्यक कुराहरुमा मुलुकभित्रै अध्ययन अध्यापन गराउन सकियो भने अरुको भर पर्नु पर्दैन । हामीलाई रोजगारी पनि सिर्जना हुन्छ । मन्त्रालयले के सोचिरहेको छ भने इन्जिनियर साथीहरुलाई स्थलगत रुपमा तालिम इन्टर्नशिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको छ । स्थलगत रुपमा गएर अध्ययन गर्यो भने क्याम्पसमा अध्ययन गरेको भन्दा बढी ज्ञान हासिल गर्न सक्छन् ।

त्यसले मुलुकलाई ठूलो सहयोग पुग्ने छ । जलविद्युतमा काम गर्ने हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने अवस्थामा पुगेका छौँ । विद्युतलाई कन्ट्रोल,चुहावट कसरी रोक्ने भन्ने नयाँ प्रविधिहरु आएका छन् । त्यसको प्रयोगबाट आन्तरिक खपत बढी भन्दा बढी गर्ने र बाँकी विद्युत विदेश निर्यात गरेर ठूलो आयआर्जन गर्न सकिन्छ ।’

उनले हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने अवस्थामा मुलुक पुगेको बताए । उनले विद्युत चुहावट रोक्ने नयाँ प्रविधिहरु विकास भएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend