२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन् : पूर्वकानूनमन्त्री शर्मा

बुधवार , पौष २४, २०८१

काठमाडौं । पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताएका छन् ।

बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसक्दा शान्ति आएपनि पीडाको सम्बोधन हुन नसकेको बताए ।

उनले राज्यको दायित्व सशस्त्र जनयुद्ध ताका मानिसहरु बेपत्ता कसरी बनाइए ? भन्ने कुराको जानकारी आम मानिसले पाउनुपर्ने भएपनि अहिलेसम्म पाउन नसकेको गुनासो गरे । उनले यो हक संविधानले समेत दिएको हक रहेको उल्लेख गर्दै मानिसहरु द्वन्द्वबाट पीडित भएकै अवस्थामा शान्तिबाट समेत पीडित हुनुपरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले शान्ति प्रक्रिया आजसम्म पनि टुंगो लाग्न नसक्नु गम्भीर विषय भएको बताए । उनले अहिले पनि गम्भीर विषय भन्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रहेको बताए ।

उनले पीडित, अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि शान्ति प्रक्रियाबारे छुट्टा छुट्टै बयान दिने तर काम केही पनि नगर्ने कुराले शान्ति प्रक्रिय टुंगो लगाउन नसकिने बताए ।

पूर्वमन्त्री खरेलले काम केही नगर्ने र कुरा मात्रै ठूला गरेर परिणाम नदिने बताए । उनले आरोप र प्रत्यारोपले समाधान ननिस्किने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट