logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • एनसेलको सधैं अनमा अब फ्रि अनलिमिटेड नाइट डेटा

    एनसेलको सधैं अनमा अब फ्रि अनलिमिटेड नाइट डेटा

    84
    Shares
    एनसेलको सधैं अनमा अब फ्रि अनलिमिटेड नाइट डेटा

    काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याकहरु लिने ग्राहकहरुलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्ने छन् ।

    बिहीबार (पुष २५)बाट शुरु भएको यो योजना अन्तर्गत सधैं अनका रु ३९९ बाट शुरु हुने बेस्ट र रु ७९९ बाट शुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्ने छन् । यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरुले यो नाइट डेटा पनि पाउनेछन् ।

    सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो । एनसेलका अनुसार रु ३९९, रु ४९९, रु ५९९ का बेस्ट प्याक र रु ७९९, रु ९९९ र रु १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरुले यो योजनाबाट फाइदा लिन सक्ने छन् । यो थप सुविधा बाहेक कम्पनीले यी प्याकहरु लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ ।

    २८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।

    एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना संचालनमा ल्याएको थियो । यसको मुख्य औचित्य भनेको आम नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोर्याउनु हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend