२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल

सोमवार , पौष २९, २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धि’ विषयको राष्ट्रिय कार्यशालामा मन्त्री दाहालले सडक संरचना अपाङ्गमैत्री बनाउन सरकार लागिपरेको बताए ।

उनले भने, “हामीले सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छौँ । सडक एवं सवारी दुर्घटनामार्फत हुने अपाङ्गता न्यूनीकरणका लागि हामी प्रतिबद्ध छौँ ।”

सडक तथा सवारी दुर्घटना अपाङ्गता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सबै पक्षको सहकार्यको आवश्यकता रहेको मन्त्री दाहालले उल्लेख गरे । उनले सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिन यातायात व्यवसायी एवं मजदुरलाई आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सबै सवारीसाधनमा अपाङ्गतामैत्री व्यवहारका लागि मजदुर एवं व्यवसायीलाई अभिमुखीकरण गर्ने गरिएको बताए । नयाँ सवारीसाधन आयात गर्दा सरकारले प्रोत्साहन गरे अपाङ्गतामैत्री सवारीसाधन भित्र्याउन सकिने उनले बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित, आयोजक संस्थाका पूर्वअध्यक्ष किरण शिल्पकार, विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिलगायतले सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धिका लागि अपाङ्गमैत्री संरचनाको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट