२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

सोमवार , पौष २९, २०८१

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले साधारण सभा काठमाडौंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सोमबार सम्पन्न गरेको हो ।

शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल कायम ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको उद्योगले जनाएको छ ।

साधारण सभाले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरण समेत पारित गरेको छ ।

यसैगरी साधारण सभाले आगामी आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न साधारण सभाले बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता र जारी पूँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ पुर्‍याउने निर्णय समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार