logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • पर्यटन नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल

    पर्यटन नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल

    147
    Shares
    पर्यटन नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधारका रूपमा रहेको बताएका छन् ।

    काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आज आयोजित ११ औँ तारेभीर महोत्सव उद्घाटन समारोहमा उनले नेपाल बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा रहेकाले विदेशी मुद्रा आर्जनका लागि यो क्षेत्र उपयोगी रहेको बताए ।

    मौलिक पर्यटकीय गन्तव्यसम्म सडक एवं पूर्वाधारको विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने भएकाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

    यस अवसरमा स्थानीयका तर्फबाट तारेभीर चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो । चक्रपथ निर्माण भएमा काठमाडौँमा रहेका दर्जनौँ ग्रामीण बस्तीको जनजीवन सहज हुनुका साथै आर्थिक गतिविधिसमेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले बताए ।

    कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक झाँकीका साथै स्थानीय उत्पादन, परम्परागत सामग्रीको प्रदर्शनसमेत गरिएको थियो ।

    आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष तारेभीर महोत्सव आयोजना हुँदै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend