२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

अमेरिकाको लस एन्जलस र क्यालिफोर्नियामा आगलागिबाट ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मंगलवार , माघ १, २०८१

काठमाडौँ । अमेरिकाको लस एन्जलस र क्यालिफोर्नियामा बिनासकारी आगलागिमा परि ज्यान गुमाउने तथा घाइते भएकाहरुको सम्झनामा आज काठमाडौँको सिनामङ्गलमा दीप प्रज्वलन गरिएको छ ।

समाजसेवी एवं आरएस वास एण्ड सर्भिस सेन्टरका प्रबन्ध निर्देशक राजेशप्रशाद लामिछानेको नेतृत्वमा यहाँका स्थानीयवासी, समाजसेवी, महिला तथा युवाहरुले उक्त दीप प्रज्वलन गर्नु भएको हो ।

बिनासकारी आगलागिमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफु सहित सिनामङ्गलका युवा युवती, महिलाहरुले आज करिब पाँच सय वटा दीप प्रज्वलन गरेको प्रबन्ध निर्देशक लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगलागिबाट धेरैले ज्यान गुमाए, कयौँ घाइते भएका छन्, कतिपय अझै बेपत्ता भएकाले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हामीले दीप प्रज्वलन गरेका हौँ ।” यसैगरी मृतकहरु प्रति एक मिनेट मौन धारण समेत गरिएको थियो ।

आजको उक्त दीप प्रज्वलन कार्यक्रम मार्फत त्यहाँको आगलागि चाडो नियन्त्रणमा आवस भन्दै आफुहरुले कामना समेत गरेको उहाँको भनाई थियो । उक्त आगलागि अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण अहिलेसम्म दजर्नौको मृत्यु भइसकेको र सोही सङ्ख्यामा बेपत्ता भएका जनाइएको छ ।

आगो अझै पलिसेडेस, इटन र हस्र्ट क्षेत्रमा फैलिरहेको जनाएको छ । आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ । त्यहाँको आगो २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको र १४ प्रतिशत मात्रै आगो नियन्त्रणमा आउन सकेको छ ।

आगलागीबाट दोस्रो बढी प्रभावित क्षेत्र इटनमा ३३ प्रतिशत मात्रै नियन्त्रणमा आएको र अहिले पनि १४ हजार एकडभन्दा बढी क्षेत्रमा आगो बलिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट