२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पेट्रोल र डिजेलको मूल्य बढ्यो

बुधवार , माघ २, २०८१

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । पेट्रोलमा प्रति लिटर २, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि भएको निगमले जनाएको छ। बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ रुपैयाँ बढेर आएको छ । भारतबाट मूल्य बढेर आएपछि आज रातिदेखि लागू हुनेगरी नेपालमा मूल्य बढाइएको निगमले जनाएको छ ।

योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ कायम भएको छ ।

निगमले आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। आइओसीले हरेक महिना १५ १५ दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले निगमलाई बिक्री मूल्य तय गर्छ।

आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।

अन्तर्राष्ट्रिय बजार ब्यारेलको ८३ डलर नजिक

विश्व बजारमा कच्चा तेलको भाउ फेरि उकालो लागेको छ । अन्तर्राट्रिय बजारमा कच्चा तेलको भाउ बढेर न्यूनतम प्रति ब्यारेल ७८.५३ देखि ८२.६९ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ ।

ब्रेन्ट क्रुडमा कच्चा तेल प्रति ब्यारेल ८०.८३ डलरमा कारोबार भएको छ । दुई साताअघि ७० डलरको हारहारीमा रहेको कच्चा तेलको भाउ पुनः उकालो लागेको छ । यसको असर नेपाली बजारमा पनि परेको हो ।

 

निगमको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट