२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो

बिहिवार , माघ ३, २०८१

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो ।

बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको बताए ।

उनले भने, ‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न भोलि गृहमन्त्रालयलाई बोलाएका छौँ ।’

उनले अर्को बैठक शुक्रबार मध्यान्ह साढे १२ बजे बस्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट