बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो

संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो ।

बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको बताए ।

उनले भने, ‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न भोलि गृहमन्त्रालयलाई बोलाएका छौँ ।’

उनले अर्को बैठक शुक्रबार मध्यान्ह साढे १२ बजे बस्ने जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend