२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

बेलायतको संसदमा सम्बोधन गरेर नेपाल फर्किदै डा. शेखर कोइराला

बिहिवार , माघ ३, २०८१

काठमाडौँ-  नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला एक हप्ता लामो बेलायत भ्रमण सकेर शुक्रवार बिहान १० बजे कतार एयरवेजको जहाज मार्फत नेपाल फर्किने भएका छन्।

गत पौष २५ गते बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत पुगेका कोइरालाले त्यहाँको संसदमा सम्बोधन गर्ने देखि उच्चस्तरीय भेटघाट सकेर उनी नेपाल फर्किन लागेका हुन् ।

डा.  कोइरालाले बेलायती संसद् भवन (वेस्ट मिन्स्टर) मा गत माघ २ गते  ‘नेपाल–बेलायत सम्बन्ध र भविष्यका अपेक्षाहरू’ शिर्षक दिएर सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले नेपाल र बेलायत बिचको दुई शताब्दी लामो ऐतिहासिक र गतिशील सम्बन्धबारे उल्लेख गर्दै आफूले बेलायती संसद् भवनमा सम्बोधन गर्न पाएकामा हर्ष व्यक्त गर्दै दुई देशबिचको पारस्परिक सम्बन्ध, दुई देशका मिलेर लडेका युद्ध र ती युद्धमा ज्यान गुमाएका नागरिक स्मरण गर्दै  बेलायतले नेपाललाई स्वतन्त्र, सार्वभौम मुलुकको परिचय दिलाउन गरेको योगदान र संयुक्त राष्ट्र संघको सदस्य बन्दा सघाएका विषयमा बेलायतको प्रशंसा गरेका थिए ।

त्यसैगरी बेलायत बसाईमा उनले नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकर, संसद भवन (हाउस अफ कमन्स) मा बेलायतका संसदिय मामिला तथा कानुन उपमन्त्री सर निक डकिन र बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए ।

संसद् भवनमै नेता कोइरालाले बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग पनि भेटघाट गरे। भेटमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा कुराकानी भएको र कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोगको माग समेत गरेको सचिवालयले जनाएको छ।

त्यस्तै उनले बेलायत भ्रमणकै क्रममा नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको तत्कालीन नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अनमिनका प्रमुख इयान मार्टिनसँग लन्डनमा भेटघाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट