आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” अब धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरको रुपमा रहने भएको छ । नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन)द्वारा संचालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरुले अनलाइन टिकट खरिद गर्न सक्नेछन । टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरि टिकट बुक गर्न सकिनेछ ।

परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप लाभ प्रदान गर्दै आएको छ ।

आइएमई पे को बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend