२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण

आइतवार , माघ ६, २०८१

काठमाडौँ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले ‘आर्थिक वर्ष २०८०/८१’ को प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको आजको बैठकले संविधानको धारा ४३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष सकिएको छ महिनासम्म पनि सरकारले आव २०८०/८१ को प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

सांसद हितराज पाण्डेले आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदनबारे कानूनमा के छ त्यसबारे समिति सबैभन्दा पहिले जानकार हुनुपर्नेमा जोड दिए ।

सांसद दिलेन्द्र बडुले संविधान निर्माण भएको नौ वर्षमा कतिवटा कानुन निर्माण भए र निर्माण हुन बाँकी कानुनबारे पनि समिति केन्द्रित हुनुपर्नेमा जोड दिए । सांसद सन्तोष परियारले समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्रीनै सहभागी हुनुपर्ने बताए ।

मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीलाई समितिमा उपस्थित गराउनेबारे समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट