logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • अर्थतन्त्रका सूचक समग्रमा राम्रो छन्, अराजक गतिविधिका कारण केही ‘स्लो डाउन’ छ : गभर्नर अधिकारी

    अर्थतन्त्रका सूचक समग्रमा राम्रो छन्, अराजक गतिविधिका कारण केही ‘स्लो डाउन’ छ : गभर्नर अधिकारी

    147
    Shares
    अर्थतन्त्रका सूचक समग्रमा राम्रो छन्, अराजक गतिविधिका कारण केही ‘स्लो डाउन’ छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन् ।

    कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परे पनि मुलुकको वाह्य क्षेत्रमा सबल रहेको बताए ।

    उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गरे । उनले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताए ।

    गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्र समग्र रुपमा अर्थतन्त्रका आधारभूत पक्षहरु अत्यन्तै राम्रा छन्, हामी वाह्य क्षेत्रमा सबल छौँ । पछिल्लो समय बाढी, पहिरोको निकै ठूलो असर परेको हामीले देख्यौँ । जसको फलस्वरुप खाद्य, पेय पदार्थतिरको मूल्यवृद्धि अलि बेसी बढेको छ ।

    तर पनि औषतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै मूल्यवृद्धि बसेको अवस्था छ । बैंकिङ प्रणालीमा तरलता एकदमै राम्रो छ, बैंकहरु वेल क्यापिटलाइज छन्, भला अलिकति रिकोभरी र नाफामा दबाब रहेको उनले बताए । त्यो हामीले स्पष्ट रुपमा देखेका छौँ । रिकोभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड भएको उनको भनाई छ

    अर्थतन्त्रमा अलिकति स्लो डाउन भएको असर हामी देख्छौँ । एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ । यसको बाबजुद बैंकका साथीहरु आफ्नो ठाउँमा ग्रासरुटमा खट्नुभएको छ’ गभर्नर अधिकारीले भने ।

    गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताए । उनले अराजकताका यस्ता विषयहरु सधैँ नरहने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend