२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

गढीमाई मन्दिरमा तोडफोड गर्नेलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पेश

सोमवार , माघ ७, २०८१

काठमाडौँ । राष्ट्रिय समता पार्टी नेपालले बारा जिल्लाको गढीमाई मन्दिरमा यही माघ ३ गते तोडफोड गर्नेलाई तत्काल कारवाहीको माग गर्दै आज गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र पेश गरेको छ ।

सो पार्टीका राष्ट्रिय अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठ सहितको टोली आज गृहमन्त्री लेखकलाई भेट गरी मन्दिर तोडफोड गर्नेलाई यथाशीघ्र पहिचान गरि तत्काल कडा कानुनी कारवाही गर्नुपर्ने माग राख्दै उक्त ज्ञापनपत्र पेश गरेको महासचिव अभिषेक तिवारीद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०८१/१०/०३ गते बिहीबार राती करिब १० बजे को समयमा आपराधिक मानसिकता बोकेका केहि अराजक जत्थाहरुले भाकल स्वरुप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसर भित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोके पश्चात् नगर प्रहरीसँग झडप गरि हातपात समेत गरेको साथै शुक्रबार बिहान पुन: सुनियोजित तवरले केहि अराजक जत्थाहरुका समूहले गढीमाई मन्दिर परिसर भित्र छिरी त्यहाँ रहेको दानपेटीका र पंखाहरु समेत तोडफोड गरि चरम उदण्डता गरेको दृश्यहरु सिसि टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापन पत्र मार्फत जनाइएको छ ।

“कानुनी राज्यको ठाडो उपहास गर्दै अराजक समूहद्वारा बारा जिल्ला स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उदण्डता विरुद्ध तत्काल कारवाही हुनुपर्ने माग राख्दै आज गृहमन्त्री माननीय रमेश लेखक ज्यूलाई गम्भीर ध्यानाकर्षण गराउदै राष्ट्रिय समता पार्टी नेपाल द्वारा ज्ञापान पत्र बुझाएको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट