बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषदले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend