२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

केपी ओली सरकार धेरै जादैन, हाम्रो प्राथमितामा सरकार छैन : अध्यक्ष प्रचण्ड

मंगलवार , माघ ८, २०८१

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकार छिट्टै ढल्ने संकेत गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले माओवादीको प्राथमितामा सरकारमा नभएको स्पष्ट पारे ।

‘हाम्रो प्राथमितामा सरकार छैन, सरकार धेरै जादैन’ उनले भने, हामी संगठन निर्माणमा छौँ ।’

सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाउँदै उनले ओली सरकार बनेदेखिनै संविधान र लोकतन्त्रको भावना विरुद्ध काम भइरहेको आरोप लगाए ।

सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैद्यानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट