काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गरेका छन् । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था अनुरुप नै रहेको दाबी गरेका हुन् ।
उनले अध्यादेश आउनु लोकतन्त्रले व्यवस्थाअनुरुप नै आएको बताए । उनले अध्यादेश ल्याउने व्यवस्था संविधानमा राखेको भन्दै कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गरे । उनले संविधानमा भएको व्यवस्थाअनुसार सरकारले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक हुने हो भने त्यो बुँदालाई संविधानबाट झिक्न आवश्यक रहेको बताए ।
सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताए । उनले अध्यादेशको विरोध भन्दा पनि कन्टेन्टमा जान आवश्यक रहेको बताए । उनले विगतका सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने अध्यादेश अहिलेको सरकारले नल्याएको बताए ।
उनले भने, ‘बजेट पास भएको कति हो ? नीति कार्यक्रम बजेट पास भएको कति भयो । ठेक्का कति र कहिले लाग्यो । हामी कसैलाई पनि थाहा छैन । सांसद बोलाइएको छ ।अहिलेसम्म ठेक्का लाग्दैन भने ठेक्का कहिले लाग्छ ? चैतमा सम्झौता हुनेगरी लाग्छ ? वैशाख पुग्छ । जेठमा काम सकिन्छ । असारमा बिल भुक्तानी हुन्छ । त्यसपछि समस्या पैदा हुन्छ । राज्यको लगानी पनि त्यसैरी गइरहेको छ ।
केही कमी कमजोरी भएका छन् । त्यसलाई सच्याउनको लागि समितिले केही भनेको छैन । अध्यादेशको बारेमा कुरा उठ्यो । अध्यादेश आउनु लोकतन्त्र हो की होइन भन्नेकुरा अनौठो लाग्छ । अध्यादेश ल्याउने व्यवस्था संविधानमा नै छ । कसरी अलोकतान्त्रिक हुन्छ । पहिला संविधानको त्यो बुदा झिकेर फालिदिनुपर्यो । कुनैपनि सरकारले अध्यादेश ल्याउन पाउँदैन । अध्यादेशको परीक्षण कहाँ हुने हो । दुई महिनाभित्र हुनुपर्छ । सांसदमा नै हुनुपर्छ ।
त्यसको कन्टेनमा हामी जाँदैनौं । कन्टेनमा जाऔं । कति ठिक कति बेठिक हो । निजी क्षेत्रले स्वागत गरेको छ । लोकतन्त्रमा सरकारको निगरानी संसदले नै गर्छ । ‘म पनि बाढी पीडित क्षेत्रको मान्छे हुँ । त्यहाँ केही पनि काम भएको छैन । विपी हाइवे कति बनेको छ ? पूर्व जाने मधेस झर्ने कति जना हुनुहुन्छ ।’
सांसद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताए । उनले बजेट खर्चबारे प्रश्न गरे । उनले बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? भन्दै प्रश्न गरे । सांसद बास्कोटाले बाढी पीडित क्षेत्रमा केही काम हुन नसकेको भन्दै असन्तुष्टि जनाए ।