२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति

मंगलवार , माघ ८, २०८१

काठमाडौं । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ ।

समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरेको हो । मंगलबार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति क्रषिकेश पोखरेलले बताए ।

उनले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको बताए । उनले समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहने बताए ।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय भएको बताए । उनले मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधवार बिहान ११ बजेका लागि बोलाउने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट