मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नेपाल सामाजिक-आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित छ : प्रधानमन्त्री ओली

नेपाल सामाजिक-आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले बहु संकटको सामना गर्नु परेको बताएका छन् ।

मंगलबार सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपालले विश्वव्यापी रुपमा बहु प्रकोपीय संकटको सामना गर्नु परिरहेको बताएका हुन् ।

उनले प्रकृति माथिको दोहनले जलवायु परिवर्तनका अर बढाइरहेको र नेपालले त्यसको प्रत्यक्ष प्रभाव व्यहोर्नु परेको उल्लेख गरे ।

समकालीन मुद्दाहरूलाई सम्बोधन गर्दै बहु–संकटको सामना गर्न साझा संकल्प जरुरी रहेको बताए । २०१९ मा नै सगरमाथा संवादको परिकल्पना गरेपनि कोरोना लगायतका कारण सफल हुन नसकेको उनले बताए ।

संवाद गर्नको लागि अन्तर्राष्ट्रिय मञ्चहरुको कमी नभएपनि सगरमाथा संवादले जलवायु परिवर्तनका कारण नेपाल लगायतका देशहरुले भोग्नुपरेको समस्याका बारेमा उजागर गर्न सकिने र विश्वको ध्यान केन्द्रित गर्न सकिने उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाले विश्वलाई धेरै कुराहरु सिकाउन सक्ने पनि बताए । उनले नेपालमा राजनीतिक मुद्दाहरु धेरै हदसम्म समाधान भइसकेकाले सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित रहेको बताए । नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ आर्थिक समानता र सामाजिक कल्याणमा आधारित रहेको बताए ।

उनले जलवायु परिवर्तन, बसाईंसराई र दिगो विकासका मुद्दाहरूमा नेपालमा महत्वपूर्ण बन्दै गएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend