२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी

बुधवार , माघ ९, २०८१

सिरहा । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुुख शम्भु कुसियतले प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको बताएका छन् । मंगलबार सप्तरीको सुरूङ्गा नगरपालिकास्थित लक्ष्मीपुरमा ‘लक्ष्मीपुर–सुरूङ्गा फ्यृज सेवा तथा महसुल संकलन काउण्टर’को उद्घाटन गर्दै प्रादेशिक प्रमुख कुसियतले यस्तो बताएका हुन् ।

“अहिले हामीले ९९ प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युतीकरण गरिसकेका छौँ”, प्रादेशिक प्रमुख कुसियतले भने, “अब चाँडै नै प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गर्दै छौँ ।” उनका अनुसार प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भइसकेको छ भने सिरहा जिल्लाको धनगढीमाई, मिर्चैया नगरपालिकालगायत केही क्षेत्रमा विस्तारको काम भइरहेकाले पूर्ण विद्युतीकरण घोषणा गर्न केही ढिला हुन गएको जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण बोदेबरसाईन वितरण केन्द्रका प्रमुख सन्योक विश्वकर्माले लक्ष्मीपुर–सुरूङ्गा फ्युज सेवा तथा महसुल संकलन काउण्टर मंगलबारदेखि सञ्चालनमा आएसँगै स्थानीय सेवाग्राहीलाई घर नजिकबाट सेवा प्राप्त गर्न सहज भएको बताए ।

सुरूङ्गा नगरपालिका–३ को वडा कार्यालयसँगै जोडिएको नवउद्घाटित फ्युज सेवा तथा विद्युत् महसुल संकलन काउण्टर भवन नगरपालिकाले उपलब्ध गराएको हो । यस विद्युत् केन्द्रबाट १० हजार सेवाग्राही लाभान्वित हुने वडाध्यक्ष किरणकुमार पोखरेलले बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट