२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गण्डकी प्रदेशका अस्पतालहरुको स्तर उन्नति गर्ने मन्त्रिपरिषदको निर्णय

मंगलवार , बैशाख ९, २०८२

वैशाख ९– गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश मातहतका अस्पतालहरूको स्तरोन्नतिको लागि स्वास्थ्य मन्त्रालयद्वारा प्रस्तुत प्रस्तावलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।

आइतवार  साँझ बसेको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकको प्रस्तावमा  धौलागिरी र मध्यबिन्दु प्रादेशिक अस्पतालहरूलाई १०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

त्यस्तै मनाङ र मुस्ताङका जिल्ला अस्पतालहरूलाई २५ शैयामा रूपान्तरण गर्ने निर्णय बैठकले गरेको छ । बाँकी सबै प्रदेश मातहतका अस्पतालहरूलाई ५० शैयाका अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको छ।

यो स्तरोन्नतिपछि गण्डकी प्रदेशका अस्पतालहरूको कुल शैयाको संख्या हालको ३९५ बाट बढेर ७०० पुग्नेछ। स्वास्थ्य क्षेत्रको संरचना सुधारतर्फको यो निर्णय गण्डकी प्रदेशको स्वास्थ्य सेवाको इतिहासमै एक महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ।

स्वास्थ्य मन्त्री पाठकले उक्त निर्णयमा पुग्नका लागि निरन्तर चासो, सद्भाव र सहयोग प्रदान गर्ने प्रदेश सरकारका  मुख्यमन्त्री, मन्त्रीहरु, प्रमुख सचिवसहित सम्पूर्ण सहयोगीप्रति गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट हार्दिक धन्यवाद र आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट