बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

एमसिसी पास गराउन गाह्रो भयो, अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेका छन् : सभापति देउवा

एमसिसी पास गराउन गाह्रो भयो, अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेका छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उनले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताए । उनले पास गराउने बेलामा धेरै ठूलो बिरोध भएपनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भन्नेकुरा सबैले थाहा पाएको बताए । उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताए ।

सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend