२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन हुँदैन : नेता कोइराला

बुधवार , माघ ९, २०८१

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।

आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे ।

नेता कोइरालाले भने, “छ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन ।” संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिए ।

नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताए । उनले यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट