२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

बाँकेमा पाटेबाघ मृत भेटियो

शुक्रवार , माघ ११, २०८१

जानकी (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ ।

आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिए । उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ ।

“बाघको पछाडिको भागलाई वन्यजन्तुले खाएको अवस्थामा गस्ती टोलीले फेला पारेको हो,” सूचना अधिकारी पँगेनीले भने, “बाघ भर्खरै नभई दुई तीनअघि नै मरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।” उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको उमेर १२ देखि १३ वर्षको हुन सक्ने अनुमान गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले पाटेबाघको मृत्यु प्राकृतिक रुपमा भएको बताए । मृत फेला परेको पाटेबाघको फरेन्सिक जाँचका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट चिकित्सक टोली बाँके राष्ट्रिय निकुञ्ज आउँदै गरेको उनले बताए ।

निकुञ्ज प्रमुख कँडेलले बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले प्रत्येक दिन निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा बिहान, दिउँसो र साँझ गस्ती गर्ने गरेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट