logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    मुलुकमा सुशासन कायम गर्न अध्यादेश ल्यायौँ : मन्त्री गुरुङ

    मुलुकमा सुशासन कायम गर्न अध्यादेश ल्यायौँ : मन्त्री गुरुङ

    147
    Shares
    मुलुकमा सुशासन कायम गर्न अध्यादेश ल्यायौँ : मन्त्री गुरुङ

    लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् ।

    आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रममा उनले सुशासन बिना विकास नहुने भएकाले सरकारले अध्यादेशमार्फत १३ वटा कानुन संशोधन गरिएको बताए ।

    सरकारका प्रवक्तासमेत रहेका गुरुङले संविधान संशोधन राष्ट्रिय सहमतिमा मात्रै हुने बताए । यद्यपि सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता भने परिवर्तन नहुने उल्लेख गरे ।

    उनले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको बताए । “मुलुकलाई आवश्यक पर्दा जहिले पनि कांग्रेस र एमाले मिल्दै आएका छन्, अहिले पनि त्यही आवश्यकताका आधारमा मिलेका छन्”, उनले भने । उनले पञ्चायतकालदेखि गणतन्त्र स्थापनासम्ममा दुवै राजनीतिक दल मिलेको स्मरण गरे ।

    साथै सहकारी ठगीविरुद्ध सरकार कडा तरिकाले प्रस्तुत भएको उनको भनाइ थियो । त्यसअवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमानलगायतको उपस्थिति थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend