२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

राजनीतिक स्थायित्व नहुँदा मुलुकका राम्रा परियोजनाले विकासको गति लिन सकेनन् : मन्त्री सिंह

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको जिकिर गरेका छन् ।

शुक्रबार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार राजनीतिक स्थायित्वको लागि बनेको बताएका हुन् । उनले विकास निर्माणका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको बताए ।

उनले मुलुकमा राजनीतिक स्थायित्व नहुँदा मुलुकका राम्रा परियोजनाले विकासको गति लिन नसकेको बताए । उनले संसद्का दुई ठूला दलहरु नमिलिकन राजनीतिक स्थायित्व सम्भव नभएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे ।

उनले भने, ‘विकास निर्माणको कार्य गर्नको लागि राजनीतिक स्थायित्व भइदिएन भने जतिसुकै राम्रो योजना, परियोजना भएपनि समयमा सकाउन नसक्ने, कामा व्यवधानहरु आउने भएको कारणले गर्दाखेरि अहिले हामीले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार संघीय संसदका दुई ठूला दल र अन्य सानादलहरु मिलेर यो संयुक्त सरकार बनेको छ ।

यो कारण के हो त भन्दाखेरि राजनीतिक स्थायित्व दिनको लागि हो । दुई ठूला दलहरु नमिलिकन राजनीतिक स्थायित्व सम्भव नहुने भएको कारणले गर्दाखेरि तपाई सबैले के बुझ्नुपर्यो भने अहिलेको सरकार राष्ट्रिय राजनीति आवश्यकताको आधारमा बनेको छ ।

मान्छेहरु संसदका दुई ठूला दलहरु मिलेर सरकार बन्नु अचम्म भयो भनेर भन्छन् तर अचम्म मान्नुपर्ने केही छैन । जनताको पिर मर्का र राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा यो सरकार गठन भएको छ ।’

उनले जनताको समस्या समाधान र राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा वर्तमान सरकार बनेकोले कसैले अचम्म मान्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट