
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम शुरु गर्दा बिरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा शनिबार अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही भएन र गरेन भन्ने तर काम शुरु गरेपछि आफ्नो जग्गा थोरै पर्यो भने बिरोध शुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।
उनले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरु पारित गर्नेगरी अघि बढ्ने बताए । उनले अस्वस्थ प्रतिष्पर्धाबाट आएकाहरुको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ ? भन्दै प्रश्न गरे । उनले सबैले नियमअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए ।
उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको बताए । काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरुको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend