२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

ललितपुर महानगरपालिकाद्वारा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ

आइतवार , माघ १३, २०८१

ललितपुर । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ ।

आईतबार महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको शुभारम्भ गरेका हुन् । महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरिएको कार्यक्रमको सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना शुरु गरिएको महानगरको भनाइ छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख महर्जनले हालैमात्र महानगरपालिकाले इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरेको बताए । उनले केही कठिन काम भएपनि कार्यान्वयन शुरु गरेको र अब ३६५ दिन नै अनवरत रुपमा कहिल्यै ननिभ्ने गरी सञ्चालन हुने बताए ।

शुरुमा केही शंका लागेको भएपनि धेरै राम्रो काम गरिरहेको पाएको उनले बताए । नियम भंग गर्ने सवारी साधन चलकहरुलाई कारबाही गर्ने उनले बताए ।

उनले अर्को वर्ष पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म र जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना—भैंसेपाटी हुँदै बुङमतीसम्म इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चलनमा ल्याउने बताए ।

प्रमुख महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट