सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नेतृत्व विकास र युवा क्षमताको संवद्रधन गर्न जेसीसको ठूलो महत्व छ : मन्त्री यादव

नेतृत्व विकास र युवा क्षमताको संवद्रधन गर्न जेसीसको ठूलो महत्व छ : मन्त्री यादव

बारा (कलैया) । खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व रहेको बताएका छन् ।

आज बारा जिल्लाको कलैया सिटी जेसीसको १६ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

उनले भने, “जेसीस नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्ने विश्वव्यापी संस्था हो । समाजमा जेसीसको महत्त्वलाई विशेष रूपमा उजागर गरिएको छ ।”

सो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले सक्षम, दृढवान, र क्षमतावान व्यक्तित्वको निर्माण गर्दै समाजमा नेतृत्व क्षमताको विकास गर्ने यस संस्थाले खेल्ने भूमिकालाई पनि उच्च प्रशंसा गरिदै आएको समेत बताए ।

उनले भने, “जेसीस संस्थालाई अझ सक्षम बनाउने र उपयुक्त अवसरहरू उपलब्ध गराउन आवश्यकता छ, समाजमा जेसीसको ठूलो योदना र महत्व रहेको छ ।”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend