२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार, बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुने

सोमवार , माघ १४, २०८१

काठमाडौं । संघीय संसद् सचिवालयले हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ । हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ ।

१८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

बर्तौलाका अनुसार बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुनेछ । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । ‘२२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ ।

त्यसपछि माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय दिइने बर्तौलाले बताए । यसपछि माघ २९ र ३० गते पुनः संसद् बैठक बस्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट