आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

टोकियोमा कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण

टोकियोमा कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण

काठमाडौँ । जापानको राजधानी टोकियोमा कवि रबिन शर्माको कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण गरिएको छ ।

तीन सयभन्दा बढी नेपाली साहित्यप्रेमीहरुको उपस्थितिमा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी क्षेत्रीलगायतले उक्त कृति लोकार्पण गरेको जनाइएको छ ।

राजदूत क्षेत्रीले कवि शर्माको प्रशंसा गर्दै कृति प्रकाशन गरी नेपाली भाषा र साहित्यमा योगदान दिएकामा धन्यवाद दिए । “यति ठूलो सङ्ख्याको उपस्थितिमा नेपाली साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, यो उपस्थितिले नेपाली साहित्यप्रतिको मोह देखाउँछ, आगामी दिनमा पनि साहित्य लेखनलाई निरन्ता दिन म कवि शर्मालाई आग्रह गर्दछु”, उनले भने ।

त्यस अवसरमा पूर्वसांसद सूर्य पाठक, पत्रकार राजु सुवेदी, साहित्यकार, समाजसेवी तथा जापानमा क्रियाशील प्रतिष्ठित नेपाली व्यक्तित्वहरुको उपस्थिति थियो । कवि शर्माले कवितावाचन गरेका थिए भने मूर्तिकार मञ्जुल मितेरीले पुस्तकमाथि चर्चा गरेका थिए । लोकर्पणका अवसरमा दुई सय ५० भन्दा बढी कृति बिक्री भएको जनाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend