सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रेस चौतारी नेपाल चितवनद्वारा पत्रकार सुत्केरी पोषण कार्यक्रम सुरु

प्रेस चौतारी नेपाल चितवनद्वारा पत्रकार सुत्केरी पोषण कार्यक्रम सुरु

चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकार सुत्केरी पोषण कार्यक्रम सुरु गरेका छन् ।

प्रेस चौतारी चितवन शाखाले चितवनमा रहेका प्रेस चौतारीका सदस्यका नयाँ सन्तानको जन्म हुँदा सुत्केरी आमाको पोषणमा सहयोग गर्ने उद्देश्यले सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी चितवनका सदस्य महिला वा पुरुष जसको नयाँ सन्तानको जन्म भए पनि पाँच हजार रुपैयाँ बराबरको सुत्केरी पोषण भत्ता दिनेगरी कार्यक्रम ल्याइएको चितवन शाखाका अध्यक्ष सुवास पण्डितले बताए ।

अध्यक्ष पण्डितका अनुसार उक्त कार्यक्रम प्रेस चौतारी चितवनका सदस्यहरूले आफ्ना जन्मोत्सव तथा अन्य उत्सवमा सहयोग गरेर स्थापना गरिएको पत्रकार कल्याणकारी कोषबाट आर्जित ब्याजबाट प्रदान गरिने छ ।

सुत्केरी पोषण कार्यक्रमले आफ्ना सदस्यलाई सुखमा पनि चौतारी सँगसँगै छ भन्ने महसुस गराउने अध्यक्ष पण्डितले बताए । यही महिनाबाट सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा आउने पनि उनले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend