२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मलाई रुघाखोकी लाग्दा आईसीयूका तस्वीर देखाउँछन्, साथीहरूको त्यो आशा पुग्नेवाला छैन : प्रधानमन्त्री ओली

सोमवार , माघ १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्वीर सामाजिक सञ्जालमा राख्नेहरुलाई जवाफ दिएका छन् ।

आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले रुघा लागेर हाच्छ्यूँ गर्दा अक्सिजन लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनाएको भन्दै उनले फोटो राख्नेहरूको यस्तो आशा पूरा नहुने बताएका हुन् ।

उनले आफूलाई रुघाखोकी लागेकाले सामान्य कमजोर बनाएको बताए ।

ओली केही दिनदेखि स्वास्थ्य समस्या भएर निवासमै आराम गरिरहेका थिए । उनी अस्वश्थ भएपछि गत शुक्रबार भर्चुअल माध्यमबाटै सिद्धबाबा सुरुङको ब्रेक थ्रु लगायतका कार्यक्रम उद्घाटन गरेका थिए ।

ओलीले भने, ‘मेरो अलि अलि स्वास्थ्य राम्रो छैन । रुघाखोकी अलिक नराम्रोसँग लाग्यो । तर, मलाई रुघाखोकी, हाच्छ्युँ गरेको देख्यो भने आईसीयूमा भेन्टिलेटर लगाएको वा अक्सिजन माक्स लगाइरहेको फोटो आइहाल्छ, तपाईंहरूले पनि देख्नुभयो होला ।’

‘मलाई रुघा लागेको थियो, अहिले पनि राम्ररी निको भइसकेको छैन । औषधि खाँदा कमजोर बनाएको छ, जे आशले साथीहरूले त्यस्तो फोटो देखाउँछन् त्यो पुग्नेवाला छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट